Websoft University

चीनबाट ४४ लाख खोपको मात्रा केहि दिनमै ल्याउने

 


 

असोज ४ गतेबाट नया नोट बितरण हुने

काठमाण्डौ भदौ २९ गते । रातो तारा डट कम,नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँका लागि नयाँ नोट असोज ४ गतेबाट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिनुभयो । 

‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्ने उहाँलेबताउनुभयो । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको भन्दै उहाँले केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका जानकारी दिनुभयो । हरेक वर्ष दसैँमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । 

यस वर्ष कोरोना सङ्क्रमण निकै घटेपछि नयाँ नोट वितरण गर्न लागेको हो । कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।


काठमाण्डौ भदौ २९ गते । रातो तारा डट कम, सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने रणनीति अनुसार सकारले केहि दिनमै चीनबाट ४४ लाख खोपको मात्रा खोप ल्याउने सम्झौता गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असोज मसान्तसम्ममा कुन जनसङ्ख्याको एक तिहाइ, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्ममा सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने योजना सरकारले बनाएको छ ।

त्यसैअनुसार ४४ लाख खोपको मात्रा ल्याउन नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जाने सुचनामा जनाए अनुसार, आउँदो शुक्रबारसम्म सम्झौता अनुसारको सबै खोप नेपाल आइपुग्ने बताइएको छ । १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख मात्रा मोडर्ना खोप र ६० लाख मा फाइजरको खोप ल्याउने भएको जनाएको छ ।  

कोराना सङ्क्रमितको सङ्ख्या २४ हजार ९ सय ५८ रहेकोहजार ९ सय ५८ रहेको छ भने १७.४१ प्रतिशत खोप लगाइसकेका छन र ख्या १९.४५ प्रतिशत खोपको मात्र लगाएको मन्त्रालयको सुचनामा उल्लेख छ ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.