श्याम राई÷उदयपुर गाईघाट, १२ कार्तिक। महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राऊ परेकाछन् ।
उदयपुरको रौतामाई गाउँपालिका–५ कालिमाटीकी एक महिलालाई करणी गरेको उजुरीको आधारमा सोही ठाउँका २८ वर्षिय शिक्षक प्रलाद राईलाई प्रहरीले विहीबार साँझ पक्राऊ गरेको हो ।
पिडीत महिलाले आफै प्रहरीमा उजुरी दिएपछि कालिमाटी माध्यामिक विद्यालय रौताका शिक्षक राई पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालयउदयपुरका डिएसपी वेद प्रसाद गौतमले बताए ।
बलात्कार कहिले र कसरी भयो भन्ने बारे केही खुलेको छैन । प्रहरीले राईलाई हिरासतमा राखेर थप अनुसन्धान शुरु गरेको छ ।
Post a Comment