Websoft University

उदयपुरको कोभिड अस्पताल मंगलबारदेखि पूर्णरुपमा खाली भएको छ

 


श्याम राई÷उदयपुर  गाईघाट, १९ असोज। रातो तारा डट कम,कोरोना संक्रमित घटेसँगै उदयपुरको कोभिड अस्पताल मंगलबारदेखि पूर्णरुपमा खाली भएको छ ।

चौढण्डीगढी नगरपालिका–६ सातघारेस्थीत कोभिड अस्पतालमा रहेका ४ महिला र २ पुरुषगरि ६ जनाले सोमबार कोरोना जितेसँगै अस्पताल खाली भएको हो ।

एक सातादेखि संक्रमित दर दैनिक ५ भन्दा मुनी रहेको र उनीहरु घरमै आईसोलेशनमा बस्दै आएकोले अस्पताल खाली भएको नगर स्वास्थ्य शाखाका प्रमुख तेज वहादुर पोखरेल बताए । कोभिड अस्पताल गत बैशाख ९ गतेदेखि कोभिड–१९ को दोश्रो लहर शुरु भएपछि संचालनमा आएको हो ।  अस्पतालमा उपचाररत सबै संक्रमीत निको भएर घर फर्किएपछि ५ महिनापछि अस्पताल खाली भएको पोखरेलले बताए । सो अवधिमा २ सय ८२ महिला र २ सय ४७ पुरुषगरि कुल ५ सय २९  जना कोभिड अस्पताल भर्ना भएकोमा २ सय ६६ महिला र २ सय १९ पुरुषगरि ४ सय ८५ जना निको भएर घर फर्किएको पोखरेलले बताए ।

१५ महिला र २७ पुरुषगरि ४२ जनालाई अन्य अस्पताल रेफर गरिएको थियो भने कोभिड अस्पतालमा १ पुरुष र १ महिलाको मृत्यु भएको थियो । 

जिल्लामा संक्रमितको संख्या ३ हजार ५१० रहेको स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी उमेश लुईटेलले बताए ।

कोभिडको कारण उदयपुरमा अहिले सम्म ५२ जनाको मृत्यु भएको छ ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.