मोटरहेडका मोटरसाइकल किन्दा हाल नगदमा १२ हजार र फाइनान्समा ८ हजार रुपैयाँ छुट उपलब्ध गराइएको छ । नगद वा फाइनान्स जुनसुकै तरिकाले पनि यो मोटरसाइकल खरिद गर्न सकिन्छ । फाइनान्समा खरिद गर्दा पनि ए क्लासका बैंक र फाइनान्सहरुबाट सहज तरिकाले फाइनान्स सुविधा उपलब्ध हुने र १८ महिना सम्म बाँकी रकम किस्ता तिर्न सकिने व्यवस्था भएको कम्पनीको भनाइ छ । 1
२२३ सीसी क्षमताको यो बाइकको अधिकतम पावर १२.५ किलोवाट र टर्क १७ एनएम रहेको छ । यो बाइकमा सुधार गरिएको सिलिन्डर र पिस्टनलाई प्रयोग गरिएको छ । १४ लिटर फ्युल ट्यांक क्षमता भएको टेक्कन आर २५० मा कडा चेसिस/फ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट, स्लिक सेप इन्डिकेटर, इन्बिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायी सिट उपलब्ध गराइएको छ ।आगामी दिनमा यो मोटरसाइकलको मूल्य १० हजार देखि १५ हजार रुपैयाँको दरले बढ्ने अनुमान गरिएको छ ।
Post a Comment