शिव भट्टराई,मोरङ। नेपालीजनको....बोलको नरेन्द्र दंगालको देउसी गीत आज इटहरी सुनसरीमा एक औपचारीक कार्यक्रमका बीच लोकार्पण गरिएको छ। वरिष्ठ गायक बालकृष्ण कार्कीको प्रमुख आतिथ्यतामा भएको लोकार्पण कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा नागरिक समाज इटहरीका अध्यक्ष राजु के.सी, सुन्दरहरैंचा वडा नं. ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष लिलाराज भट्टराई र पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाको उपस्थिती रहेको थियो । तिहारको पूर्वसन्ध्यमा लोकार्पण गरिएको उक्त गीतको भिडियो परम्परागत देउसी संस्कृतिको जर्गेना गर्ने हेतुले साथै मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले तयार गरिएको गायक, रचनाकार तथा संगीतकार दंगालले बताएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले देउसी भैलो खेल्ने क्रममा आजभोलि तडक भडक भित्रिरहेको सन्दर्भमा यस्ता मौलिक संस्कृति झल्किने गीतले संस्कृति संरक्षणमा टेवा पुग्ने भन्दै गीत अत्यन्त राम्रो बनेको बताउनु भयो । त्यसैगरी विशिष्ठ अतिथि राजु केसीले गीत लोकार्पणका अवसरमा शुभकामना दिंदै यस्ता गीतहरुलाई युवा पुस्ताले संरक्षण गर्ने प्रयास गर्नु अत्यन्त सह्रानीय कार्य भएको बताउनु भयो । यस्तै सुन्दरहरैंचा वडा नं. ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले निकै राम्रो देउसी गीत बनेको भन्दै यस्ता लोकसंस्कृति संरक्षणमा आफुले निकै चासो दिने गरेको भन्दै यसतर्फ आफुले वडामा पनि केही नौलो काम गर्ने योजना बनाइरहेको बताउनुभयो । यस्तै प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष लिलाराज भट्टराईले युवा सञ्चारकर्मीहरुले मौलिक देउसी गीत सार्वजनिक गरेर लोक संस्कृति संरक्षणमा सहयोग पुर्याएकोमा धन्यवाद दिनभुयो । यस्तै नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला देउसी गीतमा नेपाली मौलिकता भेटिएको भन्दै सोलुखुम्बु जिल्लामा प्रचलनमा रहेको अर्को देउसी भाका सुनाउँदै त्यसलाई पनि भिडियोमा उतारेर सबैमाझ ल्याउन आग्रह गर्नुभयो ।
पत्रकार रेवती निरौलाको संयोजनमा सुनसरी र मोरङका सञ्चारकर्मीहरुको संयुक्त प्रयासमा तयार गरिएको उक्त गीतको भिडियोमा सुनसरी र मोरङका पत्रकारहरुको अभिनय रहेको छ भने हाँस्य अभिनयमार्फत बालकुमार थेवेले गीतमा सुन्दरमा थपेका छन् । आदर्श बाल क्लव सुन्दरहरैंचा मोरङका कलाकारहरुको नृत्य रहेको उक्त गीतमा कोरियोग्राफी रुपक चौधरीले गरेका छन् । यस्तै संगीत संयोजन विवश दंगाल, निर्देशन रोहित खनाल र छायाँकन पारस चौधरीले गरेका छन् । हाइलाइटस् नेपाल नामको युट्युव च्यानलबाट गीतको भिडिायो सार्वजनिक गरिएकोमा सो भिडियोलाई केही घण्टामै १० हजार बढीले हेरेका थिए।
Post a Comment