Websoft University

प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत आज लिने

काठमाण्डौ कार्तिक ३० गते । रातो तारा डट कम, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको छ । मुख्यमन्त्री राईलाई विश्वासको मत दिन प्रदेश सांसदहरूलाई विराटनगरस्थित होटलमा राखेर पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले निर्देशन दिएका छन् ।

 कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराउनुभएको थियो । प्रमुख प्रतिपक्षी एमालेले गठबन्धनका प्रदेश सांसदहरूलाई फकाएर राईको प्रस्ताव विफल गराउन सक्ने भन्दै गठबन्धन दलका सबै सांसदहरूलाई एकै ठाउँ भेला गरेर राखिएको छ । सभामुख प्रदीपकुमार भण्डारीले आज दिउसो साँढे १२ बजे प्रदेशसभा बैठक बोलाउनुभएको छ । 

पाँच दलीय गठबन्धनमा ५० सांसद रहेकोले मुख्यमन्त्री राईले विश्वासको मत पाउनुहुने देखिन्छ । ९२ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक पर्छ । मुख्मयन्त्री राईले विश्वासको मत लिएपछि बाँकी रहेका दुई मन्त्रालयले पनि पूर्णता पाउनेछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.