Websoft University

सुकुना माविले स्वर्ण महोत्सव मनाउने!


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,प्रदेश नं.१ कै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा परिचित हुँदै आएको सुन्दरहरैँचा नगरपालिकाको सुकुना माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव तथा स्वर्ण महोत्सव मनाउने भएको छ ।


आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा भएको अवसर पारि उक्त कार्यक्रमको बारेमा आयोजकले बुधबार विद्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्वर्ण महोत्सव मनाउने जनाएको हो ।


“प्रविधियुक्त गुणस्तरिय शिक्षा सहितको सुन्दर सुकुना” भन्ने नारा सहित पौष १ गतेदेखि पौष ७ गतेसम्म मनाइने स्वर्ण महोत्सवको प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

यस्तो छ सत्ताहव्यापी कार्यक्रम तालिका ।

कार्यक्रमको पहिलो दिन अर्थात पौष १ गते प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले समारोह उद्घाटन, स्मारक अनावरण, बिज्ञान भवन, मितेरी विद्यालय कार्यक्रम र प्रवेशद्धार उदघाटन गर्ने । 

पौष २ गते पूर्व शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन पदाधिकारी, पूर्व विद्यार्थीको भेला अभिनन्दन र अन्तक्रिया कार्यक्रम ।

पौष ३ गते नवआगन्तुक विद्यार्थीलायई स्वागत, शैक्षिक पुरस्कार वितरण ।

षौष ४ गते दातालाई सम्मान, शिक्षकलाई पुरस्कार ल्याप्टप वितरण, अक्षयकोष छात्रवृत्ति वितरण, विशेष शिक्षाका विद्यार्थीलाई ल्याप्टप वितरण गर्ने । 

यस्तै ५ र ६ गते स्वास्थ्य शिविर, खेलकुद तथा अतिरिक्त कार्यक्रम हुने छ भने ७ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको  वितरित प्रेस विज्ञप्तीमा जनाइएको छ  ।

साथै समापन कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्रका महाबिर पुन आउने समेत आयोजकले जनाएको छ । 

कार्यक्रम सफल बनाउन २ हजार ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । उक्त स्वर्ण महोत्सव ७ दिन सम्म चल्ने मुल समारोह समितिले जनाएको छ । 

हाल विधालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक तर्फ शिभिल इञ्जिनियरिङ्ग, कक्षा ११ र १२ मा विज्ञान, ब्यवस्थापन, कम्प्युटर विज्ञान होटेल मेनेजमेन्ट, कानुन, पत्रकारिता . विषय पढाई भइरहेका छन् । २०७६ सालको कक्षा १२ को परीक्षामा राष्ट्रिय रुपमा दोस्रो स्थान बनाउन सफल यो विद्यालयमा १ सय ३१ जना शिक्षक र १९ जना कर्मचारी कार्यरत बिधालयमा ४ हजार ५ सय भन्दा बढी बिधार्थी अध्यनरत छन् ।

त्यस्तै सहयोगदाताको कदरस्वरुप रु. १० हजार सम्म सहयोग गर्ने दाताको नाम स्वर्ण महोत्सव स्मारिकामा प्रकाशन गर्ने विद्यालयका प्रधानाध्यपक लक्ष्मीकुमार श्रेष्ठले बताउनुभएको छ । त्यसैगरी १० हजार एक देखि २५ हजार सहयोग गर्ने दाताको शिलालेखमा नाम लेख्ने, २५ हजार एक देखि १ लाख सम्म सहयोग गर्ने दातालाई छुट्टाछुट्टै शिलालेखमा नाम उल्लख गर्ने र १ लाख एक भन्दा माथि सहयोग गर्ने दाताहरुलाई परिवारको समेत शिलालेखमा नाम उल्लेख गरिने जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.