प्रमुख निर्वाचन अधिकृत बालकृष्ण आचार्यले नव निर्वाचित अध्यक्ष सीतला सुब्बासहितका पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पदस्थापन तथा सपथ ग्रहण गराएका हुन् ।
नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र कार्यक्रममको प्रथम अतिथि प्याब्सनको केन्द्रिय अध्यक्ष टिकाराम पुरीले बितरण गरे । सपथ ग्रहणपछि कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सीतला सुब्बाले विद्यालयहरूको संस्थागत विकास र हकहितमा सधै क्रियाशिल भएर लागि पर्ने बताइन् ।
शनिबार सम्पन्न भएको प्याब्सनको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रेमलाल सिंह सुवाल, उपाध्यक्षमा भक्तराज सुब्बा, सुरेन्द्र सुवेदी, सचिबमा जगत बहादुर बस्नेत, कोषध्यक्षमा विष्णु डंगोल, सह–सचिबमा मनोज रेग्मी, विकर्ण कार्की, सह–कोषाध्यक्षमा भुपाल बस्नेत निर्वाचित भएका छन् । खुल्ला सदस्यहरुमा रुद्र थापा, दिपक प्रसाद घिमिरे, कमल प्रसाद तिम्सिना, भोलानाथ पाण्डे, कसराज राजवंशी, रियन्द्र बहादुर थापा, अमित खड्का, राजु तिम्सिना, छविलाल बास्कोटा, जिवन खनाल, सिएम श्रेष्ठ, सिताराम विक, तेज बहादुर खत्री, अर्जुन ढाकाल रहेका छन् ।
Post a Comment