Websoft University

स्वास्थ्यकर्मीहरुमा कोरोना सक्रमण देखिएपछि -- कटारी अस्पतालको इमरजेन्सी वाहेकका सबै सेवाहरु वन्द


गाईघाट १९ माघ । रातो तारा डट कम,स्वास्थ्यकर्मीहरुमा कोरोना सक्रमण देखिएपछि उदयपुरको कटारी अस्पतालमा बुधवार देखि इमरजेन्सी वाहेकका सबै सेवाहरु वन्द गरीएको  छ ।  अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी गरी ६जनामा मंगलवार कोरोनापुष्टी भएको थियो । लगत्तै अस्पताल प्रशासनले वीज्ञप्ती जारी गरेर  बुधवार देखि इमरजेन्सी वाहेक सवै सेवा वन्द गर्ने सूचना जारी गरेको हो । स्वास्थ्यकर्मीहरु वाट सर्वसाधारणमा संक्रमण पैmलन सक्ने भन्दै तत्कालको लागी अस्पताल वन्द गर्ने निर्णय गरीएको कटारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले बताए ।उनले अस्पतालको प्रसुती कक्ष र अस्पताल वाहीर  क्लीनीक संचालनमा रहेको बताए । कटारी नगर क्षेत्रमा संक्रमणको दर वढ्न थालेपछि अस्पतालले  केहि समय अघि वन्द गरेको आइसोलेशन फेरी सूचारु गरेको छ । ६ वेडको आइसोलेशनमा १ चिकित्सक सहित ३ जना कर्मचारी लाई खटाईरहेको छ । कोरोना संक्रमीत विरामीहरु लाई तत्काल उक्त आइसोलेशन मा राखीने प्रमुख दाहालले बताए । अहिले कटारी आसपासको क्षेत्रमा परिक्षण गरीदा कोरोना संक्रमीत देखा पर्न थालेको उनले बताए । गत  पौष ३० देखि माघ १२ गते सम्म कटारी अस्पतालमा १ सय ९ जनाको एन्टीजेन परिक्षण गरीएकोमा ६६ जनामा कोरोना पुष्टी भएको थियो । नगरपालिका अन्र्तगत रिस्कु स्वास्थ्य चौकीमा ११ जनामा गरीएको परिक्षणमा ७ जना संक्रमीत पुष्टी भएको दाहालले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.