बिराटनगर माघ २२ गते । रातो तारा डट कम,जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं. ७ स्थित उखुबारीमा मिति २०७८।१०।१२ गते अन्दाजी १७.३० बजे जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३२ को शम्भु कुमार चौधरी र सोही स्थानमा मिति २०७८।१०।१३ गते जिल्ला सुनसरी धरान उप(महानगरपालिका वडा नं. ३ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने बर्ष ४८ को राजेन्द्र कुमार श्रेष्ठ समेतको हत्या गरी खाल्डो खनी गाडेको कसूरमा संलग्न थप निम्न फरार अभियुक्तहरूलाई मिति २०७८।१०।२१ गते पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेकोछ ।
निम्न:- जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं.३ आमतोला बस्ने बर्ष ३३ को मोहमद सुभाम ।
जिल्ला सुनसरी देवान्गन्ज गाउँपालिका वडा नं ६ जिरोगौवा बस्ने बर्ष १८ को मोहमद हकिम ।
Post a Comment