सामना भट्टराई,मोरङ माघ २२ गते । रातो तारा डट कम, सुन्दरहरैंचा । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ सुन्दरहरैंचा नगर कमिटीको अध्यक्षमा रामकृष्ण खड्का चयन हुनु भएको छ । शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको कार्यालयमा भएको व्यवसायीहरुको भेलाले खड्काको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।
भेलाले कमिटीको उपाध्यक्षमा सुवास न्यौपाने र ध्रुव दाहाल,
सचिवमा अर्जुन कालाखेती, कोषाध्यक्षमा बचन सिराल, उपसचिवमा राजेन्द्र ढकाल, भीमकुमारी ढकाल र गणेश निरौला तथा सहकोषाध्यक्षमा तारा शाक्यलाई चयन गरेको छ । आज ५३ सदस्यीय कमिटी घोषणा गरिएकोमा अन्य १२ जना सदस्य पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
नेकपा एमालेका प्रदेश कमिटी सदस्य केदार गुरागाईंको प्रमुख आतिथ्यतामा भएको भेलामा, प्रदेश कमिटी सदस्य सुरेन्द्रबहादुर थापा, विरेन्द्र श्रेष्ठ, राजकुमार ओझा, जिल्ला कमिटी सदस्यहरु सन्तोष वान्तवा, गणेश ढकाल, राम लुइंटेल, रोशनप्रसाद ढकाल, नगर कमिटी अध्यक्ष मातृका प्रसाद ढकाल, सचिव सन्तोष घिमिरेलगायतकोउपस्थितिरहेको थियो । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ मोरङका अधयक्ष डिल्लीप्रसाद ढकालको संयोजनमा भएको भेलामा निर्वाचित भएका पदाधिकारीहरुलाई महासंघका प्रदेश कमिटी सचिव माधवराज थापाले सपथग्रहण गराउनु भयो ।

Post a Comment