विराटनगर फागुन १४ गते । रातो तारा डट कम, नेपाली कांग्रेस वडा कार्यसमिति विराटनगर–१२ ले टोल समितिका संयोजकहरूलाई सम्मानसहित प्रमाणपत्र प्रदान गरेको छ ।
वडा सभापति हरिनारायण यादवको अध्यक्षमा शनिबार बसेको बैठकले वडाभित्र गठन गरिएको टोल समितिका संयोजकहरूलाई अविर र मालाले सम्मानसहित प्रमाणपत्र प्रदान गरेको हो । त्यस्तै बैठकले वडाको चौथौं अधिवेशनमा उपभापतिका उपविजेता डेडराज दाहाललाई सम्मानित वडा सदस्यका रुपमा मनोनित गरेको छ ।
वडा सचिव ज्ञानेन्द्र खड्काका अनुसार बैठकले राजीव अर्याल, सुनिल भट्टराई, रमेशकुमार श्रेष्ठ, रीता पोखरेल, नवराज कोइराला, भरत विष्ट, सुमित्रा अधिकारी, अलखकुमार महतो र प्रमोदकुमार शर्मा सेढाईं पनि वडा सदस्यमा मनोनित गरिएको छ ।
मनोनित सदस्यहरूलाई मोरङ क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङ, महाधिवेशन प्रतिनिधि निरञ्जन रिजाल, क्षेत्र नम्बर ६ (ख) का सभापति मधुबाबु तिवारी, क्षेत्र नम्बर ६ का सचिव जितेन्द्र गोल्छा, वडा सभापति हरिनारायण यादवलगायतले अविर लगाएर सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए । आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन अधिवेशनको तिक्ततालाई बिर्सिएर संगठन निर्माणमा लाग्नुपर्नेमा क्षेत्रीय सभापति तामाङले जोड दिए ।
Post a Comment