Websoft University

गए राति पुर्व पश्चिम महेन्द्र राजमार्गको सुनसरीको भोक्राहमा बस र ट्रक एक आपसमा ठोकिएर आगलागी भइ ३ जनाएको मृत्यु दुबै चालक च्यापिएका र १७ जना घाइते भएका छन


सुनसरी माघ २२ गते । रातो तारा डट कम, सुनसरीको भोक्राह नरसिंह गाउँपालिकामा गएराति भएको सवारी दुर्घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको छ।

झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ गएको ना ८ ख ८४९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक ठोक्किँदा भएको दुर्घटनामा २७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

गाउँपालिकाको खुनियास्थित पूर्वपश्चिम राजमार्गमा राति करिब पौने ८ बजे भएको सो दुर्घटनामा बसका चालक, एक यात्रु र ट्रकका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार सामान्य घाइते १७ जना अस्पतालबाट डिस्चार्ज भए पनि १० जनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। प्रहरीले घटनामा मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार सवारी ठोक्किँदा ब्याट्री स्पार्क भएर आगलागी भएको हुनसक्ने बताएका छन्। आफ्नै साइडमा गुडिरहेको ट्रकमा विपरीत साइडतर्फ पुगेर बस ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। बस ठोक्किएपछि दुवै सवारीमा भीषण आगलागी भएको थियो। आगलागीमा परि ३ जनाएको घटनास्थलमा नै उद्वार गर्न नसक्ता मृत्यु भएको प्रहरीले जनाएको छ। बसको सिसा फुटाउँदै घाइतेहरुलाई बाहिर निकालेर उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगलागी सुरु भएपछि उद्धार गर्न नसक्दा जलेर तीन जनाको मृत्यु भएको हो। प्रहरी नायब उपरीक्षक कार्कीले भने, ‘स्थानीय र सुरक्षाकर्मीले उद्धार गरिरहेका बेला दुर्घटनामा परेको बस र ट्रकमा आगलागी सुरु भयो। तर पनि बसको सिसा फुटाउँदै घाइतेहरुलाई बाहिर निकालेर उपचारका लागि पठाइयो।’ सवको पैचान हुन बाकी छ र दुबै सवारी चालक च्यापिएको निकाल्न नसकिएको बताएको छ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.