Websoft University

प्रदेश १ मा ८४ जनामा कोरोना संक्रमण


विराटनगर, २९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण भएको छ । २३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २०, सुनसरीमा १८, झापामा ४, धनकुटामा २ र इलाममा १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ११, सुन्दरहैचामा ३, सुनबर्षी, बेलबारी, कटहरी, बुढीगंगा, ग्रामथान र धनपालथानमा १–१, सुनसरीको इटहरीमा ८, धरान र इनरुवामा ३–३, गढी, दुहवी, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुर, बाहृदशी, हल्दिबारी र कचनकवलमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २ र इलामको इलाम नगरपालिकामा १ जनामा संक्रमण देखिएको  मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ११९ महिला र १५७ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ७५५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.