श्याम राई- उदयपुर गाईघाट, २ फागुन। रातो तारा डट कम,अदालतबाट कैद सजाय फैसला भएर विगत १० वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राऊ परेकाछन् ।
उदयपुरको त्रियुगा नगरपालिका–१३ का वर्ष ४२ का सुब्बे भन्ने सुवास राईलाई प्रहरीले भक्तपुरको सुर्यविनायक एरियाबाट लुकेर बसेको अवस्थामा पक्राऊ गरेको हो ।
जिल्ला अदालत उदयपुरले २०६८÷३÷५ गते गरेको जबरजस्ती करणी सम्बन्धि फैसलामा राईलाई ५ वर्ष कैद सजाय तोकेको थियो । प्रतिवादी राईलाई सोमबार नै फैसला कार्यान्वयनको लागि जिल्ला अदालत उदयपुर मार्फत गाईघाट कारागार पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी वेद प्रसाद गौतमले बताए ।
Post a Comment