काठमाण्डौ फागुन २७ गते । रातो तारा डट कम, स्थानीय तहको चुनावको चुनावका विषयमा दलहरूसँग छलफल गर्न निर्वाचन आयोगले आज ११ बजे कार्यक्रम राखेको छ । छलफलमा सङ्घ, प्रदेश र नगरपालिकामा अहिले प्रतिनिधित्व गरिरहेका १७ वटा दललाई बोलाइएको आयोगले जनाएको छ । निर्वाचन आयोगसँग दलहरूका अपेक्षा र दलहरूसँग निर्वाचन आयोगका अपेक्षाबारे पनि छलफल हुने छ । निर्वाचन आयोगले मतदाता र मतगणनाको लागि सजिलो बनाउन मतपत्रमा हुने चुनाव चिह्नको रङ्ग हरियो बनाउने निर्णयमाथि भएका बहसको विषयमा पनि छलफल हुने छ । स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गतनै हुने भएको छ ।
Post a Comment