मन्त्रालयका सचिव दीर्घराज मैनालीले भोली विहान मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा सामाजिक संघ संस्थाहरुको सहभागितामा विराटनगर देवकोटा चौकमा भेला भएर नेपाल प्रहरीको ब्याण्ड वाजा र सांस्कृतिक झाँकी सहित बृहत ¥याली निकालिने बताउनुभयो । उहाँले ¥याली जलजला मोडबाट बजार परिक्रमा गरि गोल्छा चौक हुँदै आदर्श माविको मञ्चको कार्यक्रममा सहभागि हुने तयारी गरिएको पत्रकार सम्मेलनमा सचिव मैनालीले जानकारी दिनुभयो । ¥यालीपछि विहान साढे ८ वजेदेखि आदर्श माविको प्राङगणमा खुल्ला रक्तदान कार्यक्रम राखिएको उहाँले बताउनुभयो । दिउँसो मानवसेवा आश्रममा आश्रितलाई फलफूल वितरण कार्यक्रम गरिने र साँझ साढे ५ वजे विराटनगर ट्राफिक चौकमा दीप प्रज्वलन गरि दिवस समापन गरिने सचिव मैनालीले बताउनुभयो ।
११२ औं अन्र्तराष्ट्रिय महिला दिवस ‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाईदैछ ।
Post a Comment