विराटनगर ०७८ फागुन २३ गते । रातो तारा डट कम, नेकपा एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकारले चुनाव गर्न नचाहेको बताएका छन् ।
एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले निर्वाचनको पक्षमा रहेको बताएका छन् ।
सरकार आवधिक निर्वाचनबाट भाग्न खोजेको उनको आरोप रहेको छ । अहिले स्थानीय तहको निर्वाचन सार्न प्रतिनिधिसभाको निर्वाचनको कुरा गरेको बताउदै महासचिव पोखरेलले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए ।
महासचिव पोखरेलले नेपालमा अस्थिरताको कारण धेरै राजनीति दल भएको बताउँदै अब दुई राजनीति शक्तिलाई अघि बढाउनुपर्ने बताए । धेरै दल हुँदा बाहिरी चलखेल र अस्थिरता बढेको उनले बताए । अब चुनावमार्फत जनताले दुई दललाई रोज्नुपर्ने उनको भनाइ छ ।
Post a Comment