विराटनगर चैत १३ गते । रातो तारा डट कम,प्रदेशसभाको चालु हिउँदे अधिवेशन आईतबार मध्यराती देखि अन्त्य हुने भएको छ ।
आइतवार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश १ संसदको चालु हिउँदे तथा ९ औं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए ।
आईतबार राति १२ बजे देखि बैठक अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय गरेको उनले जानकारी दिए ।
प्रदेश सभाको चालु अधिवेशनमा प्रदेश सञ्चार माध्ययम व्यवस्थापन सम्बन्धी विधेयक पेश भएको थियो भने शुक्रबारको प्रदेशसभा बैठकबाट प्रदेश आर्थिक उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७८ सर्वसम्मतले पारित भएको थियो ।
Post a Comment