Websoft University

विराटनगरमा जारी प्रथम इक्युवालिटि कप महिला क्रिकेट २०२२” प्रतियोगितामा झापा र मोरङ विजयी


विराटनगर फागुन २३ गते । रातो तारा डट कम, नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको समन्वयमा विराटनगरमा जारी प्रथम  इक्युवालिटि कप महिला क्रिकेट २०२२”  प्रतियोगितामा  झापा र मोरङ विजयी भएकाछन् ।

वैजनाथपुर क्रिकेट मैदानमा आज भएको खेलमा  झापा र मोरङ विजयी भई फाइनलमा पुगेका हुन् । झापा यस अघि नै फानलमा पुगेको हो ।  

पहिलो खेलमा झापाले मदेश प्रदेशको सप्तरीलाई २ सय ३३ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । झापाले लिगमा सवै खेलमा विजयी भएको छ । सप्तरीले कुनै पनि खेलमा जित हासिल गर्न सकेन ।

टस जितेर पहिलो ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरको खेलमा २ विकेट गुमाई २ सय ६० रनको विशाल स्कोर बनाएको थियो । झापाकी नेपाली राष्ट्रिय टोलीकी विकेट किपर काजल श्रेष्ठले सतक प्रहार गरिन् । काजलले १ सय २ रनको अविजित पारी खेलिन् । उनले ६४ बलमा १७ चौका प्रहार गरिन् । काजलबाहेक अपसरी वेगमले अर्ध सतक प्रहार गर्दै ५० रनमा आउट भइन । त्यस्तै निमा तामाङले ३६ रनको योगदान दिइन् । झापाका २ विकेट रन आउटमा भएको थियो ।

२ सय ६१ रनको विशाल लक्ष्य पछ्याएको सप्तरीले १९ दशमलव २ बलमा सवै विकेटको क्षति २७ रनमा सिमित भयो । सप्तरीका कुनै पनि ब्याटरले दोहोरो अंकमा छुन सकेनन् । झापाकी एलीसा खडियाले  ४ ओभर बलिङ गर्दै विना रन ४ मेडन राखेकी थिइन् भने  ।  खेलको वुमेन अफ म्याच झपाकी सतक प्रहार गर्ने काजल घोषित भइन् ।

दोस्रो खेलमा  मोरङले सुनसरीलाई १ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय २७ रनकोे स्कोर बनाएको थियो । सुनसरीकी भावना काम्तीले ४० रन बनाउँदा सलिना तामाङले २६ रन बनाइन् । मोरङकी कप्तान अन्सु जैसवालले ३ विकेट लिँदा टिका साहले २ विकेट लिइन्  ।  

१ सय १८ रनको लक्ष्य पछ्याएको मोरङले १८ दशमलव ३ बलमा १ विकेट क्षति सो विजयी लक्ष्या पार गरेको थियो । मोरङकी सानु राजवंशीले अविजित ४५ रन बनाउँदा नविता राजवंशीले पनि अविजित १८ रन बनाई । त्यस्तै सृजना राजवंशी २४ रनमा आउट भइन् । सुनसरीकी प्रिया मलाहाले १ विकेट लिइन् । खेलको वुमेन अफ म्याच मोरङकी रानु घोष्ति भइन् । फाइनल खेल बुधबार हुने आयोजकले जनाएको छ ।


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.