श्याम राई- उदयपुर फागुन २१ गते । रातो तारा डट कम,पीडितका आफन्तहरुले उदयपुर अस्पताल घेराउ गरी केहि चिकित्सकहरु लाई हातपात गरेपछि अस्पताल परिसरमा ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरीएको छ । पीडित पक्षले आमाको मृत्यु भएपछि दुई छोरीको विचल्ली हुने भन्दै उनीहरुको भविश्यको ग्यारेन्टी गर्नु पर्ने भन्दै स्थानिय प्रशासन समक्ष माग राखेका छन् । उनीहरुले माग पुरा नहन्जेल शवको जिम्मा नलिने र आन्दोलन जारी राख्ने जनाएका छन् । जिल्ला अस्पताल उदयपुरका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा . मुकेस झाले गर्भवती महिलाको मृत्यु भएको बारे छानविन भैरहेको छ । सामान्य रुपमा सुत्केरी नहुने अवस्था आएपछि अपरेसनको तयारी गरीरहदा अचानक स्वास फेर्न गारा्रे भएर गर्भवतीको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । पीडित पक्ष र अस्पताल प्रशासन विच जिल्ला प्रशासन कार्यालयमा वार्ता जारी रहेपनी अझै कुनै निष्कर्स निस्कीएको छैन् । प्रमुख जिल्ला अघिकारी वीरेन्द्र यादवले दुवै पक्षविच स्थानिय प्रशासनको मध्यस्थतामा छलफल भैरहेको ले अवेर सम्ममा सहमती जुट्ने बताए ।
Post a Comment