Websoft University

सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन प्रधानमन्त्री देउवा द्वारा शिलान्यास-लेटाङ घटनाका दोषीलाई कारवाही हुन्छ : प्रधानमन्त्री देउवा

 


विराटनगर चैत ७ गते । रातो तारा डट कम, मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कारबाही गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।


आज मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले महिला प्रहरी हत्यामा संलग्नलाई कारबाहीको गर्ने बताएका हुन् । सुरक्षाको दृष्टिकोणले कृषि बजारको शिलान्यास हुन सकेन ।


प्रधानमन्त्री देउवाले अपराधमा संलग्नले उन्मुक्ति नपाउने समेत बताए । आइतबार १४ वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेका शिक्षकलाई पक्राउ गर्न पुगेको प्रहरीमाथि स्थानीयले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।


प्रधानमन्त्री देउवाल स्थानीय तहको निर्वाचन पनि तोकिएकै मितिमा हुनेमा विश्वस्त हुन आग्रह गरे । सरकारको निर्वाचन सार्ने कुनै मनसाय नरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै लाग्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले सुन्दरहरैंचा नगरको नगर अस्पताल पनि उद्घाटन गरेका छन् । नवनिर्मित अस्पताल ३५ शय्या क्षमताको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.