ज्यामिरगढीका निरोज कार्की, अस्मिन मगर, सन्तोष परियार, सन्दिप खवास, मानव पौडेल र अविनाश चौधरीको प्रहार गोलमा परिणत भएको थियो । जनताका सचिन यल्मो, सुमन कार्की, रुपेश राई, निशान राई, सुरज थामी, अविशेक खड्का र निङ्मा गुरुङले जाली चुमाए ।
खेलमा ५ वटा पहेलो र एउटा रातो कार्डको प्रयोगभएकोथियो । खेलमा ज्यामिरगढीका आशिष मगरले दोहोरो पहेलो कार्डसंगै रातो कार्ड पाए । ज्यामिरगढीकै विवेक राजवंशीले पहेलो कार्ड पाए । जनताका सरज थामी र निङ्मा गुरुङले पहेलो कार्ड पाए ।
खेलको म्यान अफ दि म्याच बिजेता टिमका गोलरक्षक सुजन लिम्बु घोषित भए । उनलाई वडा नं १ का वडाध्यक्ष नन्दकुमार राईले नगद २ हजार, शिल्ड र मेडल प्रदान गरे । प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा रेडहर्ष इलामले बुट्टाबारी एफसी झापासंग प्रतिस्पर्धा गर्दैछ । देउराली स्र्पोटिङ क्लबको आयोजनामा भएको प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीका ८ टोलीको सहभागिता रहेको छ ।
Post a Comment