कलेजमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि वार्षिक पुरस्कार वितरण कार्यक्रम गरेको हो । कलेजले लिएको आन्तरिक परिक्षा तथा खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो । कलेजले फुटबल,बास्केटबल, भलिबल, टवलटेनिस र बादविवाद लगायतको खेल खेलाएको कलेजले जनाएको छ ।
विजेता सवैलाई कलेजका संस्थापक प्रिन्सिपल तथा प्याब्सनका निवर्तमान केन्द्रीय अध्यक्ष टिकाराम पुरीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा बोल्दै प्रिन्सिपल पुरीले खेलले मानिसलाई सहकार्य, सहअस्तीत्व, जित र हारको महत्व सिकाउँने परिपक्क् बन्ने सिकाउँने बताए । विद्यार्थीको पहिलो जिम्मेबारी भनेको अध्ययन भएकोले खेलसँगै अध्ययनलाई सफलतापूर्वक अगाडि पुर्याउनु पर्नेमा जोड दिए । एभरेष्ट कलेजले निकट भविश्यमा राष्ट्रिय स्तरको बास्केटबल प्रतियोगिताको ओायोजना गर्ने प्रिनिसपल पुरीलेजानकारीदिए ।
Post a Comment