सुनसरी धरान,वैशाख १५ गते । रातो तारा डट कम, धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचमा नेकपा एमालका उम्मेद्धवारलाई वहुमतले विजय गराउन धरान उप महानगर कमिटी वडा नम्बर ६ को निर्वाचन परिचालन कमिटी विहीबार गठन गरिएको छ ।
नेकपा एमालेका जिल्ला सदस्य हेमराज सुवेदीको संयोजकत्वमा ११९० निर्वाचन परिचालन कमिटी गठन गरिएको नेकपा एमाले ६ नम्बर वडा कमिठी उपाध्यक्ष एसपजंङ रुम्दालीले वताउनु भयो । उहाँका अनुसार पाटीको जनवर्गीय संगठनहरु सहित कमिटी गठन गरिएको हो । कमिटी गठन गरिएपछि अव मतदातासँग घरदैलो अभियान सन्चालन गर्ने भएको छ । एमाले ६ नम्बर वडामा वडाध्यक्ष पदका लागि हरि राई , खुल्ला महिला सदस्य यसोदा सुवेदी (लामिछाने ) ,दलित महिला सदस्यमा देविमाया विश्वकर्मा , खुल्ला सदस्यहरुमा राजेन्द्र न्यौपाने र नारायण निरौला उम्मेद्धवार रहेका छन् ।
Post a Comment