काठमाडौं । नेपाल पत्रकार महासंघले सहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २०औं स्मृती दिवसका अवसरमा दिवंगत पत्रकारप्रति श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
सञ्चारग्राममा रहेको सहिद पत्रकार स्तम्भमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरु पेशागत जिम्मेवारी पुरा गर्ने क्रममा मारिनु अत्यन्तै दुःखद भएको बताउनुभयो । उहाँले नेपालमा मारिएका तथा वेपत्ता पारिएका पत्रकारका परिवारले अझै न्याय नपाएको भन्दै दोषीलाई कानुनी कठघरामा ल्याउन सरकारसँग माग गर्नुभयो ।
महासंघका महासचिव रोसन पुरीले पत्रकारमाथि हुने हिंसाका घटनामा दण्डहिनता कायम रहेको भन्दै घटनाका दोषीलाई निशर्त कारबाही गर्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघमा रहेको अभिलेखमा नेपालमा द्वन्द्वकालदेखि हालसम्म ३८ जना पत्रकारको हत्या तथा संकास्पद मृत्यु र ४ जना पत्रकारको अवस्था वेपत्ता रहेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पदाधिकारी एंव सदस्यहरु, पत्रकारको संघसंगठनका प्रतिनिधि, प्रेस काउन्सिल नेपालमा प्रशासकिय अधिकृत झबिन्द्र भुषाल लगायत विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकारले दिवंगत पत्रकारप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
Post a Comment