काठमाण्डौ असार ५ गते । रातो तारा डट कम, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । पानी परेसँगै यी प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन सबैसँग अनुरोध गरेको छ । हाल प्रदेश १, मधेश, बागमती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । यसकै कारणले रातिदेखि नै धेरै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।
पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन सबैसँग अनुरोध

Post a Comment