मोरङ । रातो तारा डट कम, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका विरुद्ध कसैले एक्लै लड्ने आँट गर्न नसक्ने बताएका छन् । विराटनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेसँग एक्लै लड्न आँट नगरेको बताएका हुन् ।
स्थानीय तह निर्वाचनमा एमालेका विरुद्ध अन्य दलहरूले धुरा कसेर चुनाव लडेको बताए । एमाले पार्टीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता असाधारण रहेको चुनावले पुष्टि गरेको उनको भनाइ छ । चुनावमा केही सिट कमी भए पनि मत भने लोकप्रिय रहेको बताए ।
मोरङका १७ मध्ये ९ वटा पालिका जितेको बताउँदै उनले एमालेसँग क्षमता रहेको बताए । उनले गठबन्धन फुटे धुलो पिठो हुने दाबी गरे । अब गठबन्धन एका तर्फ र जनता एका तर्फ रहने उनले बताए । उनले गठबन्धन फुटाउनु पर्ने कुरा उठेको बताउँदै गठबन्धन फुटे त्यहाँ रहेका दल धुलो पिठो हुने बताए ।
उनले एमालेसँग कसैले प्रतिस्पर्धा नै गर्न नसक्ने भन्दै कांग्रेस माओवादी सहितको गठबन्धन आफ्नो बराबरी नभएको जिकिर गरे । उनले भने (गठबन्धनको उचाइ घुँडासम्म मात्र हो, बराबरीको सपना नदेखे हुन्छ ।
एक्लै चुनाव लड्दा पनि एमालेले लोकप्रिय मत लाएको ओलीले दावी गरे ।
Post a Comment