बिराटनगर असार १५ गते । रातो तारा डट कम, प्रदेश नम्वर १ का सबै ठाउमा लगातार परेको वर्षाले खोलामा पानी भरिएर बाढीले खोला किनाराको धेरै ठाउका जमिनहरु कटान सुरु छ । मोरङको सुन्दर हरैचा नगरपालिका वडा नं. ६ गछिया खोलाले बगाएर सोही ठाँउका ५८ वर्षका रामबहादुर बिकको मृत्यु हिजो मृत्यु भएको छ भने सो क्षेत्रका धेरै ठाउमा डुवान भएको छ ।
लगातारको वर्षाका कारण विराटनगर महानगरपालिका सहित मोरङका ३२ सय परिवार विस्थापित भएका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो । विराटनगरका पूर्वी क्षेत्र भएर बग्ने सिंघिया खोला र पश्चिमी क्षेत्र भएर बग्ने केशलिया खोलाको पानी पसेर बिराटनगर महानगरपालिका का १, २, ३, ४, ६, ८, ११, १२, १६ र १९ वडाका एक हजार पाँच सयभन्दा बढी परिवार डुवानमा परेका छन् ।
उनिहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको विराटनगर महानगरपालिकाले जानकारी गराएको छ । अहिले काठमाण्डौमा समुदाय भित्रैबाट हेजा फैलिएको प्रमाणित भएको छ भने बिराटनगर क्षेत्र भित्र पनि महानगरपालिकाले बेलैमा चासो नदेखाए हैजा झाडापखाला फैलने सम्भावना रहेको छ । बिराटनगगर बिमानस्थल पनि डुवानमा परेकाले यहाबाट हुने हवाइयातायत पनि अवरुद् भएको छ ।
Post a Comment