Websoft University

बरगाछीमा कृष्णप्रसाद कोइरालाको शालिक


विराटनगर । रातो तारा डट कम, विराटनगर बरगाछी चोकमा पिताजी कृष्णप्रसाद कोइरालाको शालिक अनावरण गरिएको छ । 


शनिबार एक समारोहका बीच गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शालिकको अनावरण गर्नुभयो । नेपालमा प्रजातन्त्र स्थापनाका लागि कोइरालाले महत्वपूर्ण योगदान पु¥याएकाले बरगाछीमा शालिक स्थापना गरिएको नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंले बताए । विराटनगर स्थापनामा समेत कोइरालाको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो । प्रजातान्त्रिक आन्दोलनमा बरगाछी चोकको विशेष महत्व भएकाले सो स्थानमा पिताजीको शालिक राखिएको चापागाईंले बताए । 

यसैबीच, शालिक अनावरणपछि आयोजित कार्यक्रममा पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषदले प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई सम्मान गरेको थियो । उनलाई कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइराला र आयोजक संस्थाका अध्यक्ष प्राध्यापक कविराज न्यौपानेले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा नेता डा. कोइरालासहित प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, विराटनगरका मेयर नागेश कोइराला, संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति कुलप्रसाद कोइराला, एलिट क्लबका अध्यक्ष त्रिलोचन रिजाल, देवकोटा पुस्तकालयका अध्यक्ष सुबोध निरौला, आयोजक संस्थाका महासचिव दिनेश सुवेदी (दिङ्लाली कान्छो) लगायतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पिताजी कृष्णप्रसाद कोइरालाले पु¥याएको योगदानको चर्चा गरे । प्रजातान्त्रिक आन्दोलनसँगै संविधान जारी गर्न महत्वपूर्ण योगदान रहेकाले प्रथम राष्ट्रपतिलाई सम्मान गरिएको परिषदका अध्यक्ष न्यौपानेले जानकारी गराए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.