पोखरा साउन २ गते । रातो तारा डट कम,पोखरा महानगरपालिका तेत्तीस दुईपिप्लेमा सुकुम्बासी बस्तिका रुपमा बस्दै आएका करीब २३ घरधुरी पोखरामहानगर र वडाको पहलमा आज हटाईएको छ ।
बिगत केही समयअघिदेखि उत्त ठाउँमासुकुम्बासीका रुपमाबस्ति बसेको थियो । क्रसर उधोगको ठाउँमा बसोबास गरीरहेका उनिहरु त्यहाँ क्रसर संचालन गरेपछि बिस्थापित हुँदै दुईपिप्लेमा टहरा बनाएर बसोबास गरीरहेको उनिहरु बताउँछन ।
पहिला दुई चार घर मात्र थियौं पछि एक एक गर्दै धेरै घरहरु बन्न थाले अहिले हामिलाई नै अप्ठ्यारो पर्यो अब हामी कहाँ जाने” त्यहाँका एक बृद्द महिलाले भनिन् । उनले “क्रसरले यता देखायो हामी यता आयौं अब फेरी वडा र महानगरले हटाउँदै छ हामीलाई बास चाइयो” थप्दै भनिन् ।
पोखरामहानगरपालिका, वडा नम्बर ३३, नेपाल प्रहरी,शसस्त्र प्रहरीलगायतको टोली सहित बस्ति हटाउन लागीएको हो ।
वडा अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार सार्वजनिक जग्गा हड्पने क्रियाकलाप बढिरहेको हुँदा सार्वजनिक जमिनको संरक्षणका लागी आँफुहरुले अनाधिकृत रुपमा बसोवास गरेका र सार्वजनिक जग्गा हडपेकाहरुलाई हटाइएको बताए भने उनले यथार्थमा उहाँहरु सुकुम्बासी भएको खण्डमा ब्यवस्थापनको पहल समेत गरीने बताउनुभयो ।
Post a Comment