बिराटनगर साउन १ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं. ८ स्थित मधुमारा बस्ने बर्ष ४३ को राजेश साहको घर कोठाबाट जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.१३ बस्ने बर्ष १८ को विवेक कामतले सुन ९२ तोलाको मंगल सुत्र थान १, घाँटीमा लगाउने चेन थान. १, कानमा लगाउने झुम्का था. ४, वच्चाले लगाउने लकेट थान(१, १२ आनाको औठी, तिलहरी थान १० चाँदी पाउजु २ थान, चाँदीको सिक्री थान २० का गरगहनाहरू र नगद रू ७५०००। (पचहत्तर हजार) समेत चोरी गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले निज कामतलाई चोरीका सामान र नगद सहित पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ ।
साथै निज कामत २०७२ सालमा ईलाका प्रहरी कार्यालय पथरीबाट जवरजस्ती करणी मुद्दामा पक्राउ परी अनुसन्धान पश्चाचत पुर्पक्षको लागि मोरङ कारागार कार्यालय चलान भएको, २०७६ सालमा ईलाका प्रहरी कार्यालय रानीबाट चोरी मुद्दा, २०७८ सालमा जिल्ला प्रहरी कार्यालय मोरङबाट चोरी र २०७९ सालमा जिल्ला प्रहरी कार्यालय मोरङबाट पुनस् चोरीमा संलग्न रहेको देखिएको ।
Post a Comment