शिव भट्टराई मोरङ साउन ८ गते, आईतबार । रातो तारा डट कम,सुनसरीको इटहरीमा रहेको आकाश इंस्टीट्यूटले एसईई दिएर बसेका विद्यार्थीहरुको उच्च शिक्षाका लागी तयारी कक्षा लिईरहेका विद्यार्थीहरुलाई विदाई कार्यक्रम संपन्न गरेको छ। आइतबार इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा संपन्न भएको कार्यक्रममा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यता र आकाश इंस्टीट्यूटका प्रबन्ध निर्देशक कमल तिम्सीनाको सभापतित्व रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमूख अतिथि पौडेलले विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए।
इंस्टीट्यूटले विगत लामो समयदेखि इटहरीमा उच्च शिक्षा हासिल गर्न इन्जिनियरिङ , मेडिकल , ब्रिज कोर्स साइन्स सिटीभिटीका लागि तयारी कक्षाहरु सञ्चालन गर्दै आइरहेको र यसपाली पनि एस ई ई दिएर बसेका विद्यार्थीहरुलाई २ महिनाको अन्तरालमा पढाई सम्बन्धी मात्रै नभएर अतिरिक्त बाहिरी ज्ञान सहित परामर्श दिएर विदाईको क्रममा प्रमाण पत्र प्रदान गरिएको प्रबन्ध निर्देशक तिम्सिनाले बताएका छन्।
त्यसैगरी विभिन्न सांकृतिक कार्यक्रम गर्दै सम्पन्न भएको सो कार्यक्रममा इटहरीका शिक्षा महाशाखाका प्रमुख , रोट्रयाक क्लब इटहरीका अध्यक्ष संयोग पराजुली,विभिन्न कलेजका प्रतिनिधिहरू, विद्यार्थीहरू लगायत सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रम गोपाल निरौलाले सञ्चालन गरेका थिए।
Post a Comment