दमक , भदौं ७ गते | रातो तारा डट कम,झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हरेक निर्वाचन प्रणालीलाई ब्यवस्थित र मजबुद बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाले आज भद्रपुरमा आयोजना गरेको मतदाता नामवली अधावधिक (दावी विरोध) कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले स्थानिय तह होस या प्रादेशी र संघीय निर्वाचनलाई स्यायी र वलियो बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनु भएको हो ।
आगामी मंसिर ४ गते सरकारले तोके संघीय र प्रदेशी निर्वाचन सफलता पूर्वक भाग लिन साथै यसलाई सम्पन्न गर्न राजनीतिक दल,सरोकारवाला पक्षहरुले सहयोग उत्तिकै हुनु पर्ने प्रजिअ रिजालको भनाई रहेको छ । निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले भदौ१२ गते देखि मतदाता नामवलीमा रहेको त्रुटी सच्याउने ,दोहोरो नाम हटाउने ,कसैले झुटा विवरण दिई नामवलीमा नाम समावेश गरेको भए सोको उजुरी दिने,मतदाता नामवलीमा मृत्यु भएका या नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामवलीवाट हटाउनको लागि सुचना दिने लगायतका बिषयमा जिल्ला निर्वाचन कार्यालय झापामा जानकारी दिने जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताउनु भयो ।
राजनीतिक दलका प्रमुख, प्रतिनिधि ,स्थानियको प्रमुख ,उपप्रमुख ,उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत, पत्रकार, सशस्त्र प्रहरी वल ,नेपाल प्रहरीका प्रमुखहरु सहभागी रहेको कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासाको जवाफ निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नेपालले दिनु भएको थियो । भदौ १२ गतेदेखि १६ गते सम्म झापा १५ पालिकाको १सय३१ वडामा मतदाता नामवली सम्वन्धि दावी विरोधका लागि सार्वजानिक गरिने कार्यक्रममा सहयोग गर्न सम्वन्धि पालिका प्रमुखहरुलाई आग्रह गरेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
सहभागी पत्रकारहरुले राखेको जिज्ञासाको जवाफमा स्थानिय तह निर्वाचन सम्पन्न भई सकेको एक महिनामा आफनो खर्च वितरण बुझाउनु पर्ने प्रावधान रहे पनि अहिले सम्म करिव ६ सय उम्मेदवारहरुले मात्र खर्च विवरण बझाएको नेपालले बताउनु भयो । खर्च विवरण नबुझाउने उम्मेदवारलाई के कारवार्ही गर्ने भन्ने विषयमा निर्वाचन आयोगले सरोकारवाला पक्षसंग छलफल गरिरहेको उहाँको भनाई छ ।
अझै २हजार ३सय ३६ जनाले निर्वाचनको खर्च विवरण बुझाउन बाँकी रहेको प्रमुख नेपालले बताउनु भयो । मतदाता नामवलीमा दावी विरोध पछि भदौं ३१ गते अन्तिम नामवली प्रकाशन हुने छ । अहिलेलाई जिल्ला निर्वाचन ,इलाका प्रशासन कार्यालय लगायतका ठाउँमा फोटो सहितको मतदाता नामवली खिचाउने काम गत साउन २० गतेवाट स्थगन भएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
Post a Comment