Websoft University

सिलाई कटाई तालिम नवौ समुह तथा च्याउ खेती तालिम दोस्रो समुहको समापन


बिराटनगर, २०७९ भाद्र ८ गते । रातो तारा डट कम,१ नम्बर प्रदेश प्रहरी कल्याण कोषको लगानी तथा १ नम्बर प्रदेश श्रीमतीसंघको आयोजनमा संचालित ६ महिना अवधीको सिलाई कटाई तालिम नवौ समुह र १५ दिन अवधीको च्याउ खेती तालिम दोस्रो समुहको समापन भएको छ ।

नेपाल प्रहरीका बहालवाला तथा पुर्व प्रहरी परिवारजनका १०र१० जनाको सहभागीता रहेको सिलाई कटाई र च्याउ खेती तालिमको  प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष कल्पना गिरीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी कार्यालयको सभाहलमा आयोजित एक बिशेष कार्यक्रमका बिच तालिमको समापन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा श्रीमती संघकी अध्यक्ष कल्पना गिरीले यस किसिमका सिपमुलक तालिमले प्रहरी कर्मचारीका आश्रीत परिवारको आर्थिक उपार्जनमा टेवा पुग्ने बिश्वास लिईएको बताउनु भयो ।

कार्यक्रममा वहाँले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु , १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरिक्षक नबिनराज राई, तालिमका प्रशिक्षकहरु र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.