विराटनगर | रातो तारा डट कम, विराटनगर महानगरपालिकाले हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको छ ।
महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको मेयर नागेश कोइरालाले जानकारी दिए । महानगरवासीका कुनै पनि गुनासा भए हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने उहाँको भनाइ छ । हटलाइन सेवा चौवीसै घन्टा खुल्ला रहनेछ । “महानगरवासीले महानगरसँग सम्बन्धित जुनसुकै समस्या र गुनासा हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्नुहुनेछ,” मेयर कोइरालाले भने, “आएका गुनासा र सुझावलाई सम्बन्धित महाशाखा र शाखामार्फत प्राथमिकताका आधारमा सम्बोधन गरिनेछ ।”
महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बर १६६०२१४२२२२ रहेको छ । महानगरवासीले इमेल गरेर समेत आफ्ना गुनासा र सुझाव दिन सक्ने व्यवस्था मिलाइएको मेयर कोइरालाले बताए । उनका अनुसार केही हप्ता पहिलादेखि नै हटलाइन सेवा परीक्षणका लागि सञ्चालनमा ल्याइएको थियो । असोज १ गतेदेखि भने औपचारिक रुपमा सञ्चालनमा ल्याइएको उनको भनाइ थियो । हटलाइनको व्यवस्थापनको जिम्मा नगर प्रहरीलाई दिइएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । हटलाइनमार्फत आएका गुनासा र सुझाव नगर प्रहरीले टिपोर्ट गरेर मेयर र उपमेयरसहित सम्बन्धित महाशाखा र शाखा प्रमुखलाई उपलब्ध गराउनेछ । त्यस्तै नगलबकय२दष्चबतलबनचmगल।नयख।लउ मा इमेल गरेर आफ्ना गुनासा र सुझाव दिन सक्ने व्यवस्था पनि मिलाइएको छ ।
Post a Comment