दमक | रातो तारा डट कम,नेकपा एमाले केन्द्रीय सदस्य सुनिता वरालले अहिलेको स्वतन्त्र उम्मेदवारको हाउगुजीलाई राजनीतिक दलका कार्यकर्ताहरुले चिर्नु पर्ने बताउनु भएको छ ।
एमाले जिल्ला कमिटी झापाको जनसंगठन परिचालन सयन्त्रले आज विर्तामोडमा आयोजना गरेको जनसंगठनका अध्यक्ष तथा इन्चार्जहरुको भेलालाई सम्वोधन गर्दै पार्टीको केन्द्रीय सदस्य वरालले स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन जित्दैमा सरकार नबन्ने,उनीहरु अधिकार सम्पन्न नुहने सर्वसाधारणलाई बुझाउदै स्वतन्त्र प्रतिको भ्रम चिर्नु पर्ने बताउनु भएको हो ।
एमाले जिल्ला उपसचिव तथा जनसंगठन सयन्त्रका संयोजक असारु राजवंशीको अध्यक्षतामा भएको भेलामा बोल्दै नेता वरालले मुलुकमा दलहरु मध्येवाट जसले धेरै स्थान जित्छ त्यही पार्टीको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने शासन ब्यवस्था रहेको हुदा केही स्वतन्त्रले जिती हाले उनीहरुको स्वतन्त्रको साँसदको रुपमा रहने बताउनु भयो ।
उनीहरुलाई राज्य सञ्चालन गर्न दिने हो भने पहिला नेपाल संविधानमा भएको राज्य सञ्चालन ब्यवस्था नै परिर्वतन गर्नु पर्ने नेता वरालले बताउनु भयो । अनेरास्वियु केन्दीय अध्यक्ष समेत रहनु भएकी नेता वरालले मंसिर ४ गतेको निर्वाचनमा स्वतन्त्रले मात्र निर्वाचन जितेमा देश विकासमा क्षेयीकरण हुने बताउनु भयो । चुनावी नतिजा एमालेको हतामा पार्न सबै जाती ,युवा,ज्येष्ठ लगायतका मतदाताहरुलाई सन्तुलित गर्दै गाउँ–गाउँमा पुगेर पेरित गर्नु पर्ने उहाँले बताउनु भयो ।
हामी अहिले चुनावमा छौं,हाम्रो मुख्य काम जनताको घरदैलोमा पुग्नु नै हो भन्दै
एमाले झापा अध्यक्ष दिपक कार्कीले सहभागी जनसंगठनका प्रमुख प्रतिनिधिहरुलाई निर्देशन दिनु भयो ।
हिजो आजका केही कार्यकर्ताहरुमा ठूला नेताको वरीपरी घुम्ने सेल्फी खिच्ने, पोष्ट गरेर भाइरल बन्ने जस्ता विकृति मौलाइरहेको प्रति चिन्ता ब्यक्त गर्दै गाउँ टोलमा पुगेर उनीहरुको समस्यामा मलम लगाउन अध्यक्ष कार्कीले सुझाव दिनु भयो ।
झापा जिल्ला भित्र रहेका पार्टीका २३ जनसंगठनले गरेको गतिविधिको रिपोटिङ,समस्या र भावी योजना लगायतका विषयमा छलफल भएको एमाले जिल्ला सदस्य तथा जनसंगठन सयन्त्रका सहसंयोजक मनोज ताम्ली लिम्वूले जानकारी दिनु भयो ।
Post a Comment