श्याम राई, उदयपुर गाईघाट, ६ कार्तिक वन पैदावार हानि नोक्सानी सम्बन्धि अदालतमा चलको मुद्दाको कारण उपभोक्तालाई वितरण गर्न १२ वर्ष अघि उदयपुरको एक सामुदायिक वनले कटान गरेको करोडौ मूल्य बराबरको काठ कुहिन थालेको छ । कटारी नगरपालिका–२ स्थित सीता पोखरी सामुदायिक वनले कटान आदेस लिएर उपभोक्ताहरुलाई वितरण गर्न २०६९ भदौमा झण्डै १० हजार क्यूफिट काठ काटिएको थियो ।
काठ काटेको एक सातापछि स्थानीय मन कुमारी भुजेलले उपभोक्ता
समूहका पदाधिकारी माथि वन पैदावर हानि नोक्सानी गरेको भन्दै जिल्ला अदालत उदयपुरमा
२०६७ भदौ ४ गते मुद्दा गरेपछि काठ विक्री वितरण प्रकृया रोकिएको थियो । उक्त मुद्दा
जिल्ला पुनरावेदन हुदै सर्वोच्च अदालत पुगेपछि जाहेरीकर्ताको माग दावी अनुसार
नपुग्ने भन्दै ०७१ असार २० गते उपभोक्ता समूहको संलग्नता नरहेको फैसलाभएकोथियो ।
समूहले मुद्दामा सफाई पाएपनि उक्त काठ उपभोक्तालाई भने विक्री वितरण हुन सकेको थिएन
।
लामो समयसम्म जंगलमै रहेको उक्त काठ धेरै जसो हराई सकेको र झण्डै ४ हजार सेफटी
भने कुहीसकेको समूहको अध्यक्ष राम प्रसाद गौतमले बताए ।‘ राम्रो काठ सबै हराईसकेको
छ । केह ीभने कामै नलाग्ने भएर कुहिसकेको छ ।’ उनले भने । लामो समय सम्म मुद्दा
मामिला खेप्नु परेकोले करौडौको काठ काम नलाग्ने भएको उनले बताए । ‘ हामीले काठ
समयमा विक्री गर्न पाएनौ, अहिले हामीलाई धेरै नोक्सानी भएको छ । ’ उनले भने बाकी
रहेको काठ पनि काम नलाग्ने भएकोले विक्री वितरण गर्न समस्या परेको उनले बताए ।
उनले
अब प्रकृया पूरा गरेर उपभोक्ताहरुलाई बाकी काठ विक्री गर्ने तयारी भैरहेको बताए ।
गाईघाट, ६ कार्तिक आगामी मंशिर ४ गते हुन गईरहेको निर्वाचनलाई लक्षित गर्दै
प्रहरीले आईतबार नमूना मतदानको अभ्यास गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको
हातामा नमूना मतदान केन्द्र निर्माण गरि नमूना मतदान अभ्यास गरिएको डिएसपी राकेश
कुमार पोदारले बताए । नमूना मतदानमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, एसपी
ज्ञानेन्द्र फूयाल, प्रहरी कर्मचारी र तालिमरत म्यादि प्रहरुको सहभागिता रहेको थियो
।
Post a Comment