बिराटनगर | रातो तारा डट कम,संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ माप्रतिनिधिसभा सदस्याका साझा उम्मेद्वार डाक्टर सुनिलकुमार शर्माले आफुप्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधासमेत नलिने घोषणा गरेका छन ।
निर्वाचन अभियानका क्रममा आयोजिक कोणसभालाइ संवोधन गर्दैप्रतिनिधिसभा सदस्यका उम्मेद्वार शर्माले आफु समाज र राष्ट्रलाइ दिनकालागि मात्र उम्मेद्वार भएको र सांसद भएपछि पनि लिने भन्दा , यो समाज रराष्ट्रलाइ के बढी दिन सकिन्छ आप्नो ध्यान त्यसमा बढी भएको बताएकाछन ।
भ्रष्ट्राचार गर्नु वा घुस खानु आप्ना लागि आमाको रगत खाएसमान हुने भन्दैशर्माले राज्यकोष बाट कुनै सुविधा नलिएर काम गर्ने घोषण गरेका हुन ।यस अघि जनताले जिताएका धेरै जनप्रतिनिधि घुस खान र भष्ट्राचार गर्नलागेका कारण जन चाहाना पुरा हुन नसकेको शर्माको भनाइ थियो ।
शर्माले भने "कसरी घुस खाने, कसरी भ्रष्ट्राचार गर्ने भन्ने तिर ध्यानभएकाहरु निर्वाचित भएपछि कसरी हुन्छ देश र समाजको विकास ? त्यसैले म प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलबसुविधा समेत नलिएर ,केवल जनताको सेवा र विकास निमार्णमा ध्यानदिनेछु "।
"यो निर्वाचन भ्रष्ट्राचार गर्ने र नगर्नेहरु विचको लडाइ हो , अब सर्वभौमजनताले कसलाइ सांसद बनाउने फैसला गर्नुपर्छ" शर्माले भने । आजदेशले भगिरहेका अधिकांस समस्याको मुल कारण भ्रष्ट्राचार भएको भन्दैभ्रष्ट्र राजनीतिक नेतृत्वलाइ पराजित गर्न पनि शर्माले सवैलाइ आग्रह गरे ।
यहाँ जनता रोग र भोकले छट्पाइ रहेका बेला पनि कमिसन खानेहरु छन , तिनैले देश बर्बाद पारे , अब जनताको हातमा फैसला गर्ने बेला आएको छ, जनता सवैभन्दा ठुला न्यायधिस भएकाले अब जनताले भष्ट्रहरुलाइ चोटदिएर आफुलाइ भोट गर्नुपर्ने शर्माको भनाइ थियो ।
संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ माप्रतिनिधिसभा सदस्याका साझा उम्मेद्वार डाक्टर सुनिलकुमार शर्मालेयतिवेला चुनावी घरदैलो र कोणसभा अभियानलाइ तिव्र पारेका छन ।
Post a Comment