काठमाडौँ फागुन १ गते | काठमाडौँको सिनामंगलमा होलसेल तथा खुद्रा तरकारी बजार संचालनमा ल्याइएको छ । सिनामंगल वरिपरिका उपभोक्तालाई ताजा तरकारी तथा फलफुल उपलब्ध गराउने उदेश्यका साथ तरकारी बजार संचालनमा ल्याइएको संचालक राम बहादुर राईले बताएका छन्।
आज फागुन १ गते देखि काठमाण्डौ मेडिकल कलेजको पछाडी, पहिलाको विश्रान्ती पार्टी प्यालेस भएको ठाउँमा तरकारी बजार सुचारु भएको हो । आधुनिक व्यवस्थापन, प्रशस्त पार्किङको सुविधा र २४सै घण्टा CCTV तथा सेकुरिटीको व्यवस्था तरकारी बजारमा रहेको छ । .
Post a Comment