बिराटनगर २९ चैत २०७९ मा बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णयहरु
(१) प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवली २०७९ स्वीकृत गर्ने र प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवली २०७५ खारेज गर्ने ।
(२) मनमोहन प्राविधिक विश्वविद्यालय भौतिक पूर्वाधार निर्माणका लागि द्विपक्षीय समझदारी अनुसार तय हुनेगरि आर्थिक सहयोग उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने ।
(३) मनमोहन प्राविधिक विश्वविद्यालयका लागि द्विपक्षीय समझदारी अनुसार तय हुनेगरि विभिन्न विषयका विज्ञ र दक्ष प्राविधिक प्रशिक्षक उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने
(४) कोरोना भाइरस प्रकोपको सतर्कताका लागि आवश्यक पहलकदमी चाल्नका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने ।
Post a Comment