Websoft University

विराटनगर महानगरलाई सरकारी संयन्त्रमध्ये उत्कृष्ट पुरस्कार प्रदान


विराटनगर ÷ सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै संघीय सरकार स्वास्थ्य मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महानगरका मेयर नागेश कोइरालालाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा महानगरलाई प्रदान गरिएको पुरस्कार मेयर कोइरालाले ग्रहण गर्नुभएको हो । कार्यक्रममा मन्त्री बस्नेत र स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मेयर कोइरालालाई दोसल्ला ओढाएर नगद ५० हजार र सम्मानपत्र प्रदान गर्नुभयो ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष सो पुरस्कार प्रदान गर्ने गरेको छ । “सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमनमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै कानुन कार्यान्वयन गर्ने निकाय (सरकारी कार्यालयतर्फ) विराटनगर महानगरपालिकालाई पुरस्कृत गरिएको छ,” मन्त्रालयले प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ । 

महानगरले गत वैशाख १ गतेदेखि विराटनगरका सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा निषेध गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनलाई निषेध गर्ने सन्दर्भमा निकै महत्वपूर्ण कार्य गरेको बताउनुभयो । उहाँले अन्य पालिका र सरकारी कार्यालयहरुले पनि विराटनगरबाट सिक्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले छनोटका क्रममा विशेष टोली पठाएर स्थलगत रुपमा समेत अध्ययन गरेको उहाँको भनाइ थियो । महानगरले अघि सारेको अभियान निकै प्रभावकारी रुपमा कार्यान्वयन भएको देखिएकाले पुरस्कृत गरिएको मन्त्री बस्नेतले प्रस्ट पार्नुभयो ।

मेयर कोइरालाले महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । अभियानअन्तर्गत गत वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा महानगरले रोक लगाएको उहाँको भनाइ थियो । कोइरालाले स्वास्थ्य मन्त्रालयले प्रदान गरेको पुरस्कार विराटनगरवासीकै कारण प्राप्त गरेको उल्लेख गर्नुभयो । “विराटनगरवासीको साथ र सहयोगकै कारण महानगरले सञ्चालन गरेका अभियानहरु सफल भइरहेका छन्,” उहाँले भन्नुभयो, “सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा पनि महानगरवासीको ठूलो साथ पाएका छौं ।”

मेयर कोइरालाले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्रीका लागि लिएका अनुमतिपत्रनवीकरण र नयाँ दर्तासमेतनगर्नेजानकारीदिनुभयो । कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणको न्यूनीकरण, नियन्त्रण तथा कानुन कार्यान्वयन गरी देशका ७५३ पालिकामात्रै नभएर मुलुकका सबै सरकारी संयन्त्रमध्ये विराटनगर सर्वोत्कृष्ट भएको बताउनुभयो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.