Websoft University

रेफीलाई चाहिने सामाग्री हस्तान्तरण

 


दमक,|अमेरिका बस्दै आउनु भएका पूर्व फुटवल खेलाडी,समाजसेवी रेवत उप्रेतीले आज न्यू सृजना क्लव उर्लावारीले आयोजना गरेको प्रथम किशोर मुर्मु स्मृति कप प्रतियोगिताको फाइनल खेलमा रेफीलाई चाहिने सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

क्लवले झापाको गौरादह ५ स्थित बालुबथानको खेल मैदानमा आयोजना गरेको खेलमा रेफीलाई चाहिने डिजिटल बोर्ड,रेफीको लागि आवश्यक पर्ने सञ्चार सामाग्री र खेल सामाग्री रेफी लिला बास्कोटा ,सहकाय रेफी सुशिल तामाङलाई पूर्व खेलाडी उप्रेतीले हस्तान्तरण गर्नु भएको हो ।

 खेललाई पारदर्शी रुपमा सञ्चालन र फुटवल खेलको विकासको लागि थप सहयोग पुगोस भनेर रेफीलाई चाहिने सामाग्री रेडियो ब्लुतुथ वितरण गरेको अमेरिकाको लुवेल क्याटुकी शहरमा बसोवास गर्दे आउनु भएका उप्रेतीले बताउनु भयो । कार्यक्रम क्लवका अध्यक्ष सुमन राईको अध्यक्षतामा भएको थियो । 

सोही अवसरमा आयोजक न्यू सृजना क्लव र पत्रकार मञ्च दमकको पत्रकार ११ को टिम बीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । गौरादह ५ स्थित वालुवथानको खेल मैदानमा भएको मैत्री पूर्ण खेलमा आयोजक समेत रहेको क्लवले २–० गोल अन्तरले पत्रकार मञ्च दमकलाई पराजित गरेको थियो । आयोजकको तर्फवाट खेलाडी सुशिल तामाङ सहितले गरेको गोलले नै विजता घोषण गरेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.