Websoft University

त्रियुगा नगरपालिकाले गणतन्त्र दिवशको अवसर पारेर मंगलबार फरक क्षमता भएकाहरुको लागि सहायक सामाग्रीहरु वितरण गर्यो


 श्याम राई, उदयपुर गाईघाट, जेष्ठ १६ गते | त्रियुगा नगरपालिकाले गणतन्त्र दिवशको अवसर पारेर मंगलबार फरक क्षमता भएकाहरुको लागि सहायक सामाग्रीहरु वितरण गरेको छ ।

नगरपरिसरमा आयोजित एक कार्यक्रममा नगर प्रमुख बसन्त बस्नेत र उप मेयर महेश्वरी राईले २० जना अपाङ्गता भएका व्यक्तिहरुलाए व्हिल चेयर वितरण गरेकाछन् । सहायक सामाग्री वाहेक हिंडडुल गर्न नसक्ने १३ देखि ६० वर्ष उमेरका उनीहरुलाई सहायक सामाग्री वितरण गरिएको प्रशासनका नायब सुब्बा भगवती खतिवडाले बताईन् ।

 त्रियुगा नगरपालिका भित्र ३ सय ४३ जना पूर्ण अपांङ्गता र ४ सय ५३ जना आंशिक अपांङ्गता भएका व्यक्तिहरु रहेका छन् । अरुलाई पनि बजेटको व्यबस्था गरेर क्रमिक रुपमा सहायक सामाग्री उपलब्ध गराउँदै लगिने मेयर बस्नेतले बताए ।

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.