Websoft University

महानगरको आयोजनामा बालभेला सम्पन्न


विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा नवौं नगर बाल भेला सम्पन्न भएको छ ।

नगर बाल क्बल सञ्जालको सहआयोजना रहेको कार्यक्रमको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा बालबालिकाका विषय सम्बोधन गराउन बालभेला आयोजना गरिएको हो । यसअघि १९ वटै वडामा बालभेला सम्पन्न भइसकेको छ । भेलामा १९ वटै वडाबाट प्रतिनिधिमूलक बालबालिकाको सहभागिता रहेको थियो । कार्यक्रममा उपमेयर कार्कीले बालबालिकाका हकअधिकारका लागि वडा तहबाटै लाग्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले बालभेलाबाट मात्रै योजना तर्जुमा गर्न नसकिने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत सुझाव संकलन गरेर योजना तर्जुमा गर्न सकिने सुनाउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बालबालिका देशका कर्णधार मात्रै नभएर जग पनि भएको बताउनुभयो । उहाँले जग बलियो भयो भने मात्रै घर बलियो हुने विचार प्रकट गर्नुभयो । बालबालिका अहिलेदेखि नै सक्षम भए देशको भविष्य सुन्दर हुने उहाँको भनाइ थियो ।

सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले बालबालिकाका एजेण्डा र योजनालाई आगामी बजेटले समेट्ने बताउनुभयो । ११ नम्बर वडाका अध्यक्ष तीर्थेन्द्र नेउपानेले बालबालिका देशका भविष्यका कर्णधार भएकाले बताउनुभयो । उहाँले बालबालिकाको क्षेत्रमा वडाबाटै काम हुनुपर्ने उल्लेख गर्नुभयो । सो अवसरमा नगर बाल क्लब सञ्जालका अध्यक्ष आदित्य झा, उपाध्यक्ष दीक्षा आचार्य, तुसार गोइतलगायतले बालबालिकाका विषयमा आफ्ना भनाइ राख्नुभयो । 

बाल भेलाको सहजकर्तामा महिला तथा बालबालिका शाखाका प्रमुख डिल्ली धिमाल र अधिकारकर्मी सुनिता ताम्राकारले सहजीकरण गर्नु भएको थियो । भेलामा १९ वटै वडाबाट ६१ जना बालबालिका सहभागी भएको महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु लोहनीले जानकारी दिनुभयो ।

  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.