Websoft University

गणतन्त्र दिवसका अवसरमा सरसफाई अभियान


विराटनगर ÷ विराटनगर महानगरपालिका वडा नम्बर ५ ले १६ औं गणतन्त्र दिवसको अवसरमा सरसफाई आयोजना गरेको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानलाई सफल बनाउन वडा तहबाटै काम हुनुपर्ने महसुस गरेर सरसफाई गरिएको वडाध्यक्ष सन्तोष न्यौपानेले बताउनुभयो । 

उहाँले डीपीएसचोकदेखि पृथ्वीचोकसम्म सरसफाई गरिएको जानकारी दिनुभयो । वडाको सरसफाईलाई साथ दिन महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का वडाध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ७ का अध्यक्ष मधुबाबु तिवारीसमेत पुग्नु भएको थियो । उहाँहरु पनि सरसफाई अभियानमा सहभागी हुनुभयो । 

अब वडास्तरबाटै सरसफाई विशेष अभियान सञ्चालन गर्ने तयारी गरिएको मेयर कोइरालाले बताउनुभयो । सरसफाईमा कार्यक्रममा वातावरण तथा सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल, नगर प्रहरीका प्रमुख राजन पौडेल, नगर प्रहरी, स्थानीय, उत्तरी क्षेत्रको सरसफाई साझेदार संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.