Websoft University

सररकारी संयन्त्रमध्ये विराटनगर महानगरपालिका उत्कृष्ट


विराटनगर ÷ सुशासन, कार्यसम्पादन र राजस्व संकलनलगायतका क्षेत्रमा अग्रणी रहेको विराटनगर महानगरपालिकालाई संघीय सरकारको स्वास्थ्य मन्त्रालयले पुरस्कृत गर्ने भएको छ ।

सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गर्न लागेको हो । मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरेको छ ।

 “सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमनमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै कानुन कार्यान्वयन गर्ने निकाय (सरकारी कार्यालयतर्फ) विराटनगर महानगरपालिकालाई पुरस्कृत गर्ने निर्णय गरिएको छ,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत गत वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा महानगरले रोक लगाएको छ । महानगरका मेयर नागेश कोइरालाले स्वास्थ्य मन्त्रालयले प्रदान गर्ने पुरस्कार विराटनगरवासीको पनि भएको बताउनुभयो । विराटनगरवासीको साथ र सहयोगकै कारण महानगरले सञ्चालन गरेका अभियानहरु सफल भइरहेको उहाँको भनाइ थियो । 

मेयर कोइरालाले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्रीका लागि लिएकोअनुमतिपत्रनविकरण र नयाँ दर्तासमेत नगर्नेजानकारी दिनुभयो । उहाँले महानगरपालिकाको साथ र सहयोग प्राप्त भए आफ्नो कार्यकालमा गर्व गर्न र भावीपुस्ताले सम्झन लायक विराटनगरवासी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.