मोहन कुमार राई - वैशाख २२, (२०८०) | रातो तारा डट कम,संखुवासभा, सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रवार दुर्घटनामा परेका भविन गुरुङको खाँदवारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । क्याप्टेन सहित ३ जनाको काठमाण्डौको मेडिसिटी अस्पतालमा र एक जनाको खाँदवारी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनाका घाइते क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, र छिरिङ भोटेलाई काठमाण्डौ लगिएको र विक्रम शंकरलाई जिल्ला अस्पताल खाँदवारीमा उपचार भइरहको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
निर्माणधिन १०६१ मेगावाटको अपर अरुण हाइड्रो पावरको सामान ढुवानी गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । भोटखोला गाउँपालिका वडा नं. ५ राप्साबाट सामान ढुवानी गर्ने क्रममा हेलीकप्टर दुर्घटनामा परेको गाउँपालिका अध्यक्ष छेदर भोटेले जानकारी दिए ।
Post a Comment