बिराटनगर बैशाख २०८०- २२ गते | रातो तारा डट कम, मन्जुश्री फाइनान्स लिमिटेड, बिराटनगर शाखाले डिजिटल सचेतना कार्यक्रम आयोजना गरिएको छ । फाइनान्सको बिराटनगर शाखाले आज शुक्रबार ‘बुद्ध जयन्तीको अवसर पारी सचेतना कार्यक्रम आयोजना गरेको कुरा बिराटनगर शाखा प्रमुख भावना खरेल उपाध्यायले जानकारी दिनु भएको छ |
सामाजिक उत्तरदायित्व बहन गर्दै फाइनान्सले डिजिटल सचेतना कार्यक्रम गरेको फाइनान्सको बिराटनगर शाखा प्रमुखले बताउनु भएको छ डिजिटल बैंकिङप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सचेतना कार्यक्रम गरेको भावना खरेल उपउपाध्याय बताउनु भएको छ|
अहिले धेरैजसो नागरिक डिजिटल बैंकिङतर्फ आकर्षित हुँदै गएका छन् । तर पनि ठूलो संख्या डिजिटल बैंकिङबारे जानकार छैनन्’, उनले भनिन ‘यही कुरालाई ध्यानमा राख्दै ‘बुद्ध जयन्तीको अवसर पारेर सचेतना कार्यक्रम आयोजना गरेका हौँ ।’ कार्यक्रममा फाइनान्सका कर्मचारीहरुले व्यवसायी एवम् सर्वसाधारणलाई डिजिटल सचेतनाका बारेमा जानकारी गराएका थिए । उनीहरुले बिराटनगरको विभिन्न ठाउमा प्लेकार्डसहित सचेतना कार्यक्रम गरेका थिए ।
कुल चुक्ता पूँजी १ अर्ब ३५ करोड रहेको मन्जुश्री फाइनान्स लिमिटेड कम्पनीको देशभर २७ वटा शाखा रहेका छन् । शुक्रबार फाइनान्सका देशभर रहेका शाखाहरुले डिजिटल सचेतना कार्यक्रम आयोजना गरेको बिराटनगर शाखा प्रमुख भावना खरेल उपाध्यायले जानकारी दिनु छन् । हाल उक्त फाइनान्सले मुद्धती निक्षेपमा १२।२५ प्रतिशत र बचत खातामा ९।७५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको छ ।
Post a Comment