Websoft University

आज १६ औ ‘गणतन्त्र’ दिवस


बिराटनगर जेठ १५ गते | रातो तारा डट कम, आज १६ औ ‘गणतन्त्र’ दिवस ।  जनता साँचो अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन   हो ।

नेपाली जनता विजयी भएको  यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा कोशी प्रदेशवासीमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यो अवसरमा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ स्थापनाका लागि विभिन्न समयमा भएका  आन्दोलनहरुमा   प्राण उत्सर्ग गर्ने  महान शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु  साथै आन्दोलनको नेतृत्वकर्ता, घाइते, अपाङ्गता तथा वेपत्ता योद्धाहरु प्रति उच्च सम्मान प्रकट गर्दछु  ।

जनताबाट निर्वाचित प्रतिनिधि मार्फत संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपालमा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’को घोषणा गरेको थियो । यो  ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन  हामीले प्रत्येक वर्ष जेठ १५ गते लाई गणतन्त्र दिवसको रुपमा मनाउदै आइरहेका छौ । व्यक्तिको जन्मको आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई  नागरिकको सहभागिताद्वारा आमुल परिवर्तन गरी हरेक नागरिकको समान हुने प्रणालीको स्थापना हुनु नै हाम्रो गणतन्त्रको प्रमुख विशेषता हो । 

संविधान र कानूनमा उल्लेखित अधिकारको  प्रयोग गर्न सक्ने गरी  जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थकरुप लिन  सक्दैन । यसका लागि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयमा जनताको पहुँच आवश्यक    छ । श्रम गर्न सक्नेका लागि रोजगारीको प्रबन्ध र श्रम गर्न नसक्नेका लागि   सामाजिक सुरक्षा जरुरी छ ।  यसका लागि अधिकार, अवसर, सुरक्षा र सम्मानमा सबैलाई समान व्यवहार गरिने सुनिश्चिता जरुरी छ । 

 १६ वर्षको अवधि  लामो होइन, यसै अवधिमा हामीले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नयाँ संविधानको निर्माण, राज्यको पुनः संरचना गरी तिनको नामकरण गर्दै  सङ्घीय संरचनाका   तीनवटै तहको दोस्रो आवधिक निर्वाचन  सम्पन्न गरिसकेका छौ । 

राज्यको पुनःसंरचना र आवधिक निर्वाचन मार्फत  सिंहदरवारमा केन्द्रित अधिकार गाउँ गाउँमा पुगेको छ, आम नागरिकले अनुभूति हुने गरी कार्यसम्पादनको थलानी भएका छन् । जनताको चेतनाले ठूलो फड्को मारेको छ । समृद्धिका सपनाहरुले साकार रुप लिन थालेका छन् । आफ्नो देश आफै बनाउन सकिन्छ भन्ने आत्मविश्वास बढेर गएको छ ।  विश्व मञ्चमा एउटा सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक, शान्तिप्रिय र विकासको नयाँ यात्रा खोज्दै गरेको मुलुकको रुपमा नेपालको छवि बलियो बन्दै गएको छ । 

जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्छ नै । कुनै पनि प्रणालीको विकासका क्रममा समस्याहरु देखा पर्नु स्वाभाविक हो । तर त्यसैलाई आधार बनाएर कुनै पनि कोणबाट गणतन्त्र माथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कने खोज्ने प्रतिगामी प्रयासहरुलाई कदापी उचित मान्न सकिदैन । इतिहासको गतिलाई अब कसैले पनि पछाडि फर्काउन सक्दैन । 

 गणतन्त्रको स्थापनासँगै मुलुकमा विकास र समृद्धिको यात्रा प्रारम्भ भएको छ   । भौतिक विकास तर्फ निर्माण भएका सडक  सञ्जाल, पुल पुलेसा  र सामुदायिक भवन, शिक्षा र स्वास्थ्य  क्षेत्रमा  भएका नीतिगत तथा संरचनागत सुधारका प्रयासहरु,  नीति निर्माण तहमा बढ्दो समावेशी सहभागिता, विगतमा पछाडि पारिएको जाती, वर्ग र क्षेत्रलाई राज्यको मुल प्रवाहमा ल्याउन भइरहेको प्रयासहरु गणतन्त्रकै प्रतिफल हुन् । 

जसले मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधारहरु निर्माण गदैछन् । तर पहाडी क्षेत्रको बढ्दो बसाँइ सराइ, शिक्षा र रोजगारीको नाममा भइरहेको पुँजी र दक्ष जनशक्तिको पलायन, बढ्दो बेरोजगारी, जन चाहाना अनुसारको शासकीय सुधार र नकारात्मक आर्थिक सुचाङ्कहरु  चूनौतिका रुपमा देखिएका छन् ।  यस्तो अवस्थामा हाम्रो सिङ्गो प्रदेश, प्रदेश भित्रका सबै राजनीतिक दलहरु, निर्वाचित जनप्रतिनिधिहरु, राष्ट्र सेवक कर्मचारी साथीहरु, नागरिक समाज र  हामी सबै दाजुभाइ तथा दिदीबहिनीहरु एक जुट भएर आफ्नो विवेक प्रयाग गर्दै  यी साझा चुनौती विरुद्ध लड्न जरुरी छ । यसका लागि म सबैमा  हार्दिक आह्वान र अनुरोध गर्द छु । 

अघिल्लो ५ वर्ष हामीले प्रदेशको नामकरण गर्न सकेनौं, नयाँ प्रदेश सभामाको निर्वाचनसँगै छैटौं वर्षमा प्रवेश गरेपछि प्रदेशको नामकरण गरेका छौ । कोशी नामकरणपछि यसको विपक्षमा रहुनु भएका केही पहिचानबादी शक्तिहरुले यसको विरोधमा केही कार्यक्रमहरु गरिरहनु भएको छ । म उहाँहरुलाई आफ्ना गतिविधिहरु शान्तिपूणरुपमा अगाडि बढाउन हार्दिक अनुरोध गर्दछु । संविधान र कानूनले प्रत्यभूत गरेका अधिकार सहित गरिएको नामकरणको बारेमा केही विमतिहरु भए आगमी निर्वाचन मार्फत कानून र संबैधानिक प्रक्रिया अगाडि बढाउन पनि अनुरोध गर्दछु र तपाँइहरुलाई आफ्ना हिँसात्मक गतिविधिहरु  छाडेर सरकारसँग सम्बाद र छलफल गर्न आह्वान गर्दछु ।  हामी सम्बाद र छलफलबाट नै निष्कर्षमा पुग्न सक्छौ । विश्वका जुनसुकै ठूला समस्याहरु वा नेपालकै सन्दर्भमा पनि धेरै राजनीतिक घटना, परिघटनाहरु  र असहमतिहरु वार्ता र सम्बादबाट नै सार्थक र सफल बनाएका छौ,त्यसलाई परिणाममा पु¥याएका छौ ।  

मुलुकको सामाजिक सद्भाव र शान्तिको  जुन प्रवृति छ  त्यसलाई नविगार्नका लागि हामी सबै सम्यमित हुनुपर्ने अवस्था छ । साथै आन्दोलनका क्रममा घाइते हुनु भएका आन्दोलनकारी र प्रहरी साथीहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु । 

अन्त्यमा यो ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय एकता हाम्रो सामाजिक सद्भावलाई अझ सुदृढ गर्दै  स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेतिर गर्ने अपेक्षासहित हार्दिक शुभकामना व्यक्त गर्दछु । 








     




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.